पदम जोरा जोगबुडा, जेठ १५
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम वहादुर साउँदले आर्थिक बर्ष २०७७/०७८ को बजेट कृषि उद्यमी र युवा लक्षित हुनु पर्ने बताउनु भएको छ ।
“गाउँघरन्यूज” लाई जानकारी दिदै नगर–प्रमुख साउँदले विश्वमा माहामारीको रुपमा फैलिएको कोविड–१९ कोरोना भाईरसको संक्रमण सन्त्रासले हजारौंको संखयामा वैदैशिक रोजगारीको शिलासिलामा भारत तथा अन्य मुलकवाट युवाहरु नेपाल भित्रीएकाले उनीहरुलाई रोजगारी संग जोड्न र कृषि तर्फ आकर्षण बढाउन न सकिए अझै अर्थतन्त्र धरासायी बन्ने बताए ।
साउँदले भने, । परशुराम नगरपालिका डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तह भन्दा अत्यधिक जनसंख्या भएको स्थानीय तह हो ? भौगोलिक विकटता छ ? बुहजातीय बुहभाषि जनताहरुको वसोवास छ ? गरिबी र बेरोजगारी पनि जटिलता छ । त्यसकारण मेरो दृढसंकल्प छ , आर्थिक बर्ष २०७७÷०७८ को परशुराम नगरपालिकाको वजेट युवा रोजगारी र कृषि उद्यमी उत्पादकत्व र वजारीकण केन्द्रीत हुन्छ ।
केन्द्र सरकारले जेठ १५ गते बर्षिक २०७७/०७८ को बजेट ल्याउदै छ , प्रदेश सरकार पनि बजेटको तयारीमा छ । परशुराम नगरपालिकाले पनि कोरोना भाईरसका कारण विश्व आक्रान्त वनेको यस जोखीमर्पुण अवस्थामा बजेट जनमुखी ल्याउछौ उनले थपे । कार्यपालिकामा छलफल भई रहेको छ । विभिन्न ब्यक्तिहरु वाट सुझाव संकलन भई रहेका छन । देश ब्यापी बजेट जनमुखी हुनु पर्नेमा नगर–प्रमुख साउँदले वताए । समृद्वि, बिकास होईन यो विसम परिस्थीतीमा जनतालाई दैनिक ज्याला, मजदुरी साभ विहानको छाक, गास टार्न समस्या आई सकेको उनले बताए । समृद्वि गरौला, विकास गरौला, तर सवै भन्दा पहिले वच्ने बचाउने हो , साउँदले बताए
