पदम जोरा जेठ ७ गते
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा.न ७ मेल्गाजामा रहेको गौरीसंकर माद्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर साउँद माथि कुटपिट प्रयासको घटनाप्रति नेपाल शिक्षक संघ परशुरामले आपत्ति जनाएको छ । यही जेठ ३ गते शनिवार राती ८ बजे तिर बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लक्ष्मी उप्रेती सहितको समुहले प्रधानाध्यापक साउँंदको निवासमा गई गालि–गलौच गरी सांघातिक आक्रमण प्रयास गरेकोमा उक्त घटनाप्रति नेपाल शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहरा द्वारा हस्ताक्षरीत विज्ञप्ती मार्फत अपत्ति जनाएको छ । यि यस्ता, अमानविय, गैरजिम्मेवारीर्पुण कार्यशैलीले शिक्षा क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीहरुको अपमान भईरहेको र यि यस्ता घटनामा संलग्न लाई कारबाही गरीनु पर्ने विज्ञप्तीमा उल्लेख छ । वि.व्य.स.अध्यक्ष उप्रेतीको समुहले पटक–पटक प्र.अ. राजेन्द्र बहादुर साँउद लाई गालीगलौच गर्ने, कुटपिट प्रयास निन्दनीय भएको विज्ञप्तीमा जनाइएको छ । जेठ ३ गते राती वि.व्य.स.अध्यक्ष सहितको समुह कुटपिट गर्ने योजनाका साथ प्रधानाध्यापक को निवासमा पुगेकाले दोषी माथी नेपाल शिक्षक संघ परशुरामले कारबाहि माग गरेको छ । शिक्षकलाई भय रहित वातावरणमा काम गर्ने अवस्था सृजना गरीनु पर्ने, सो घटनाको सत्य तथ्य छानविनका लागि सम्वन्धीत निकाय संग समेत नेपाल शिक्षक संघ परशुरामले जोडदार माग गरेको छ ।
