पदम जोरा ,
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा.न ७ मेल्गाजामा रहेको श्री गौरीसंकर माद्यमिक बिदालयका प्रधानाध्यापक राजेन्द्र बहादुर साउँद माथि कुटपिटको प्रयास भएको छ ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लक्ष्मी उप्रेती (पार्कि) र उनका श्रीमान धन बहादुर पार्कि, वडा सदस्य डम्मर पार्कि र बिद्यालय व्यवस्थापन समिति सदस्य प्रेम बहादुर घर्तिको समुहले शनिवार राती ८ वजेतिर प्रधानाध्यापक साउँंदको निवासमा गई गालि गलौच गरी सांघातिक आक्रमण प्रयास गरेको प्र.अ. साउदले बताएका छन । घटनाप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक संघ डडेल्धुराले दोषी माथी कडा कारबाहिको माग गरेको छ । एक प्रेश बिज्ञप्ती जारी गर्दै अध्यक्ष उप्रेतीको समुहले पटक–पटक प्र.अ. साँउद लाई गालीगलौच गर्ने, कुटपिट गर्ने प्रयास हुने गरेको र शनिवार राती कुटपिट नै गर्न योजनामा उनीहरु जुटेकोले दोषी माथी कारबाहि गर्न माग शिक्षक संघले राखेको छ । यसै गरी नेपाल ट्रेडयुनीयन काग्रेस डडेल्धुराले पनि घटनाका दोशी माथि कारवाहीको माग गरेको छ । यसै गरी नेपाल ट्रडयुनीयन काग्रस सदुुरपश्चिम प्रदेशले समेत घटनाका दोशीमाथि कारवाहीको माग रहेको छ भने , शिक्षकलाई भय रहित वातावरणमा काम गर्ने अवस्था सृजना गरीनु पर्ने बिज्ञप्ती मार्फत उल्लेख गरीएकोछ । सो घटनाको छानविनका लागि प्रहरी प्रशासन संग समेत शिक्षक संघ डडेल्धुराले माग गरेको अध्यक्ष कर्ण बहादुर मडै र सचिब अशोक बम द्धारा संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
