एकिकृत विकास समाज द्वारा प्रहरीलाई ३० थान मोवाईलसेट

पदम जोरा, जेठ ३ गते

विस्वमा फैलिएको कोरोना भाईरसको संक्रमण र सन्त्रासको अवस्थालाई मध्यनजर गरी डडेल्धुरा स्थित नेपाल प्रहरी नायव उपरिक्षक दधिराम न्याउपानेलाई एकिकृत विकास समाज, डडेल्धुराले ३० थान मोवाईल सेट हस्तान्तरण गरको छ । सुरक्षा निकायलाई कोरोनाको संक्रमण तथा सम्बेदनशिल अवस्थामा सत्यतथ्य सूचना प्रवाहमा सहजताका होस भनी ३० थान मोवाईल सेट हस्तान्तरण गरिएको एकिकृत बिकास समाज आईडिईयस डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङले वताईन ।
कोरोना भाईरसको जोखितर्पुण अवस्थामा आफ्नो स्वास्थ्य , घर परिवारको ब्यवास्था गरी जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको मनोवल उच्चराखी, सूचना प्रवाहमा सहज होस भन्ने उदेश्यका साथ मर्सिकोर एमरेड परियोजना डिईओसिको सिफारिसमा जिल्ला भरीका ३० वटा प्रहरी युनीटहरुमा सूचना प्रवाहमा सहजता स्वरुप ३० थान मोेवाईल सेट वितरण गरीएको उनले बताईन । संस्थाले जिल्लाका ७ वटै स्थानीयतहहरुको समन्वयमा दैनिक, ज्यालामजदुरीगरी खाने र बिपन्न, बाहियमुलुकवाट नेपाल भित्रीई क्वारेन्टाईनमा बसेकाहरुको सहजताका लागी सरसफाईका प्रारम्भीक सामग्री समेत संस्थाले हस्तान्तरण गरेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.