भारतमा अलपत्र ९ जना नेपाली नागरीकको उद्वार : नगर–प्रमुख साँउद

पदम जोरा , राजेन्द्र साउँद बैसाख २९ जोगबुडा,डडेल्धुरा

विस्वमा फैलिएको कोविड १९ कोरोना भाईरसका कारण भारतले गरेको देशब्यापी, लकडाउनका कारण भारतको वनवासमा अलपत्र परेका परशुराम र आलितालका ९ जना नागरिकको परशुराम नगरपालिकाका नगर–प्रमुख भिमबहादुर साँउदले उद्वार गरेका छन । नगरपालिकाको एम्बुलेन्सवाट उनीहरुलाई आजै जोगबुडा ल्याईएको नगर–प्रमुख साउँदले बताए । भारत सरकारले र्निमाण गरेको वनवासा स्थित सारदा ईन्टरमिडीयट कलेजको क्वारेन्टाईनमा ४३ दिन सम्म कष्टर्पुण जिवन विताई रहेका थिए । परशुराम नगरपालिकाका ५ र आलिताल गाउँपालिका ४ जना सहित ७५ जना नेपाली नगरिकहरु उक्त क्वारेन्टाईनमा रहेका थिए । पटक–पटक संचारमाध्यम र नगर–प्रमुख, गाउँपालिका अध्यक्ष लाई फोन गरी नेपाल लैजान भन्दै गुहारेका थिए । खर्च सकिएको र आफुहरुलाई अन्य संक्रमीत हरु वाट संक्रमण हुने त्रासमा रहेका उनीहरुले आफ्नै ठाँउमा र्निमाण गरेका क्वारेन्टाईनमा बस्छौं उद्वार गरी दिनुस भनी गुहार गरेका थिए । सोही अनरुप आफुले अथक प्रयास उनीहरुको उद्वार गरीएको परशुराम नगरपालिकाका नगर–प्रमुख–साँउदले बताए । आफ्ना नागरीकको उद्वार गर्न हाम्रो दायित्व हो ।अथक प्रयास गरेका छौं ,  दुइराष्ट्र विचको समस्या भएकाले केही दिन समय लम्कीयो उनले बताए । उनीहरुको स्वास्थ्य सुरक्षाको जिम्मा हामी लिन्छौ साउँदले प्रतिबद्वता गर्नु भयो । उनीहरुलाई आजै परशुराम स्थित त्रिबेणी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखएको छ । आलिताल गाउँपालिका नागरीकहरुलाई पनि गाउँपालिकाको व्वारेन्टाईनमा राखीने गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले बताए । हाल सम्म बिभिन्न बाहिय मुलक तथा, भारत र अन्य क्षेत्रवाट नेपाल आएका २९ जना त्रिबेणी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेको प्रमुख साउँदले जानकारी दिए । उनीहरुको गासँ, वास र स्वास्थ्य चेकजाचँ परशुराम नगरपालिकाले गरी रहेको साउँदको भनाई रहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.