डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको निवासमा तोडफोड भएको छ। मंगलबार राती अध्यक्ष मल्लको निवासमा तोडफोड भएको हो। राती ८ बजे चार जनाको समूहले गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन्।
स्थानीय ४ जनाले मदिरा सेवन गरेर आफ्नो निवासमा तोडफोड गरेका अध्यक्ष मल्लले जानकारी दिए। राहतको विषयलाई लिएर विवाद गरेको र भोलि आउनु छलफल गरौल भनेर पठाउँदा बाहिर गएर तोडफोड गरेको उनको भनाइ छ।
तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रे कार्की, डम्बर कार्की र टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। गाउँपालिकाका अध्यक्षमाथि दुव्र्यवहार भएको खबरपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट २ थान चक्कुसमेत बरामद गरिएको छ। अध्यक्ष मल्लले सुरुमा आफूमाथि आक्रमण प्रयास गरेको र आफूहरुले प्रतिवाद मात्रै गरेको स्थानीय युवाहरूको दाबी छ। के कारणले विवाद भयो र किन उनीहरूले निवासमा तोडफोड गर्यो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
