पदम जोरा ,डडेल्धुरा बैसाख २४
डडेल्धुरा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तहका प्रमुखसँग भिडियो कन्फरेन्सवाट छलफल चलाएका छन् । सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पछिल्लो अवस्थावारे जानकारी लिन चलाइएको छलफलको क्रममा डोटी र डडेल्धुराका स्थानीय तहका मेयर तथा अध्यक्षहरुसँग भिडियो वार्ता गरेका हुन् ।
भिडियो वार्तामा आलिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुंग सगं पनि छलफल भएको हो ।
छलफलमा मुख्यमन्त्री भट्टले कोरोना भाइरस (कोभिड १९) संक्रमणको पछिल्लो अवस्था, लकडाउनवाट उत्पन्न समस्या, राहत वितरण , आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम वजेट,कृषिको आन्तरिक उत्पादन, बाहिरबाट आएका युवाहरु स्वरोजगार लक्षित कार्यक्रममा आवश्यक सुझाव लिएका थिए ।
प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुखसँग यसरी नै छलफल गरिने मुख्यमन्त्री भट्टको भनाई छ ।
