भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र मुख्यमन्त्री विच भिडीयो कन्फरेन्स

पदम जोरा ,डडेल्धुरा बैसाख २३

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष कौसिला कुमारी भट्टले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संग भिडीयो कन्फरेन्सी छलफल गर्नु भएको छ । गाउँपालिकाको समसामयिक अवस्था र   विश्वमा फौलिएको कोविड–१९ कोरोना भाईरसको संक्रमण , न्यूनीकरणका रोकथामका प्रायासका वारेमा छलफल भएको भट्टले जानकारी दिईन । आथिक बर्ष सकिदै गर्दा आगामी बर्षको निती तथा कार्यक्रम वारे भिडीयो कुराकानी भएको भट्टले गाउँघरन्यूज लाई जानकारी दिनु भएको छ । भ्रमण बर्ष २०२० , उज्यालो भागेश्वरको कार्यक्रम यो आर्थिक बर्षमा तय गरीएको थियो अधिकान्स कार्यक्रम स्थगीत गरी बजेट कटौती गरी कोरोना रोकथाम मा आफु जुटेको र प्रदेश सरकारले बाहियमुलुकमा रहेका आफ्ना नेपाली नेपाल ल्याउन तदारुकता न देखाएको भट्टले सुनाईन । मुख्यमन्त्री ज्यू मित्रराष्ट्र भारतमा लामो समय बसोवास गरेको भारतमा नेपालीको पिडाका वारेमा जानकार हुनुहुन्छ , छिट्टै नेपालीको उद्वार गरीयोस भागेश्वर गाउँपालिकाले के गर्नु पर्छ, आफु जनताको साथमा रहेको र गाउँपालिकावासीको स्वास्थ्य सुरक्षाका लागि प्रतिबद्व रहेको समेत कन्फरेन्समा जानकारी दिईन । पालिकामा दैनिक ज्यालमजदुरी, गरीखाने श्रमिकहरुका लागि पहिलो चरणमा राहत वितरण गरेको दोस्रो चरणमा तयारी गरीरहेको , दैनिक उपभोग्य सामग्रीकोलागि सुफल मुल्य पसल समेत ५ वटै वडामा संचालन गरेका भट्टले बताईन । अहिलेको लडाई कोरोना संग हो स्वास्थ्य सुरक्षा गर्नु , गास,वासको ब्यबस्थापन हो भट्टको तर्क थियो । 

bb

Leave A Reply

Your email address will not be published.