पदम जोरा , डडेल्धुरा बैसाख १९
विश्वमा फैलिएको कोविड कोभिड–१९कोरोना भाईरसले सबै भन्दा बढि पिडामा दैनिक ज्यालादारी गरिखाने मजदुर रहने हुंदा स्थानीय तह मार्फत मजदुर लाई पुगोस भन्दै नेपाली कांग्रेस डडेल्धुराले राहत स्वरुप खाद्य सामग्री हस्तान्तरण गरेको छ । ट्रेड युनीयन कांग्रेस डडेल्धुरा र नेपाली काग्रेस डडेल्धुराका नेताहरुको आर्थिक सहयोग राहत वितरण गरीएको नेपाली काग्रेस डडेल्धुराका सचिव लक्ष्मी प्रशाद अवस्थीले जानकारी दिनु भएको छ । १३१ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा राहत खाद्य सामग्री हस्तान्तरण गरीएको अवस्थीले जानकारी दिएको छ ।
देशब्यापी लकडाउनको समयमा सामाजिक दुरी कायम गरी, जिल्ला स्थीत काग्रेस नेता कार्यकर्ता,सुभेच्छुक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा मजदुरको छाँक टार्न सहज होस भन्ने उदेश्यका साथ सुक्रवार अमरगढी नगरपालिकाका नगर प्रमुख विसेश्वर प्रशाद ओझालाई १० कुईन्टल चामल , ५० किलो दाल, ५० किलो नुन एकमुष्ट हस्तान्तरण गरेको हो ।
दैनिक मजदुरी गरी खाने बर्गहरु अन्य व्यक्तिहरुको भन्दा बढि पिडामा रहेकाले खाद्य हस्तान्तरण गरीएको नेपाली कांग्रेस महाधीवेसन प्रतिनीधी तथा परसुराम नगरपालीकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताए । मजदुर दिवसकै अवसरमा सुक्रवार नै भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्ट र अजयमेरु गाउँपालिका लाई समेत १० कुईन्टल चामल , ५० किलो दाल, ५० किलो नुन एकमुष्ट हस्तान्तरण गरीएको ट्रेड युनीयन कांग्रेस डडेल्धुराका अध्यक्ष टेकराज पाण्डेयले जानकारी दिए । जिल्लाको ७ वटै स्थानीय तहमा खाद्य सामग्री हस्तान्तरण गरी एकद्वार प्रणलीवाट वितरण गरीने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले बताईन ।
स्थानीय तहलाई राहत हस्तान्तरणका लागि काग्रेस र्पुव जिल्ला सभापति रघुवर भट्ट, महाधिवेसन प्रतिनीधी तथा परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद, महाधीवेसन प्रतिनीधी सरस्वती खड्का, जिल्ला कार्य समिती सचिव , लक्ष्मी प्रशाद अवस्थी, जिल्ला कार्यसमिती सदस्य डिल्लीराज जोशी, ट्रेड युनीयन कांग्रेस डडेल्धुरा अध्यक्ष टेकराज पाण्डेय, सुभेच्छुक संस्था स्वास्थ्यकर्मी संघ शुदुरपश्चिम प्रदेश अध्यक्ष प्रेम बहादुर महर र महाधिबेसन प्रतिनिधी तथा भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्ट, ट्रेड युनीयन कांग्रेस आवद्व युवा संघ जिल्ला अध्यक्ष हरि भण्डारी सहितको समुहले सामाजिक दुरी कायम गरी राहत खाद्य सामग्री हस्तान्तरण गरेको महाधिबेसन प्रतिनिधी सरस्वती खड्काले वताईन । राहत गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा समेत हस्तान्तरण गरी वितरण गरीने भएको छ ।
