पदम जोरा, डडेल्धुरा बैसाख १९
अमरगढी अन्तराष्ट्रिय लायन्स क्लब डडेल्धुरा वर्ष २०२०/२१ को अध्यक्ष पदमा प्रेम बहादुर महर निवार्चित भएका छन । गैर सरकारी संस्था महासंघ नेपाल,डडेल्धुरा साखा अध्यक्ष तथा सामाजिक अभियन्ता समेत रहेका प्रेम बहादुर महर क्लवको अध्यक्षमा चयन भएका हुन । विस्वमा फैलिएको कोविड १९–कोरोना भाईरसका कारण सामाजिक दुरी कायम गर्दै बिहीवार,डडेल्धुरा सदरमुकाममा भएको अधिबेसन वाट महर अध्यक्षमा निर्वीरोध चयन भएका हुन । त्यसै गरी प्रथम उपाध्यक्ष युवा सामामाजसेवी लालमनी पन्त, सचिव टेकराज पाण्डेय, कोषाध्यक्ष गणेश बहादुर ऐर चयन भएका छन । अन्तराष्ट्रिय क्लबको मुख्य उद्देश्य परोपकारी तथा सामाजिक उत्तरदायित्व रहेको क्लबका नवनिर्वाचित सचिव टेकराज पाण्डेयले बताए । राजनैतिक आस्थावाट यो क्लब निकै टाँढा रहेको पाण्डेयको भनाई रहेको छ । विपद र भैपरि आउने प्रकोप, समस्यामा क्लवले जनतालाई, अर्थात पिडीतलाई सघाउन उनको भनाई रहेको छ । क्लवका सदस्यहरुको आन्तरीक कोष खडा गरी सामाजिक अभियानमा जुटी रहेको नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर महरले गाउँघरन्यूज लाई जानकारी दिनु भएको छ ।
