डडेल्धुरा जिल्लामा मानव अधिकार अवस्था अनुगमन समिति गठन

पदम जोरा ,डडेल्धुरा


(कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा सरकार तथा स्थानियहरुले गरि रहेका क्रियाकलापको निगरानी राखी सरकार लाई प्रतीवेदन बुझाउन जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन भएको छ ।कोरेन्टाईनको अवस्था, औषधी उपचार, लकडाउनको पालना भए नभएको, समग्र राहत वितरणका प्रक्रियाहरु र स्थानीय सरकार लगायत अन्य जिम्मेवार निकायहरुले गरि रहेका कामकारबाही र सचेतना अभियानका बिषयमा अनुगमन गरेर सरकार लाई सुझाव पेश गर्ने उदेश्यले डडेल्धुरामा तिन सदश्यीय मानव अधिकार अनुगमन समिति गठन भएको छ ।डडेल्धुरा जिल्ला अदालत जिल्ला बार ईकाई अध्यक्ष अधिवक्ता लालबहादुर जाग्रीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मानबहादुर साँउद र गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रेम महर सदस्य रहने गरि तिन सदश्यीय समिति गठन गरिएको जनाईएको छ ।

विश्वभर फैलिएको कोराना भाईरस बिरुद्धको महाअभियानमा मानव अधिकारको बर्तमान अवस्थाका बिषयमा अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसियन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघको सहकार्यमा केन्दमा उच्च स्तरीय समिति गठन भएको छ ।

उच्च स्तरीय नेटवर्कले प्रदेश र जिल्लामा केही संस्थाहरु सम्मिलित समिति गठन गर्न निर्र्देशित गरे पछि डडेल्धुरामा पनि शुक्रबार समिति गठन गरिएको हो । प्रदेश र जिल्लामा गठन गर्दा तिन वटै संस्थाका प्रमुखहरुको समझदारीमा एक संस्थाका अध्यक्ष लाई संयोजक बनाएर दुई संस्थाका अध्यक्षहरु सदस्य रहने गरि समिति गठन कार्यबिधी २०७६ अनरुप समिति गठन गरिएको सदस्य तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष साउदले बताए ।

केन्द्र र प्रदेशमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधित्व रहने गरि गठन भएका छन । भने जिल्लाहरुको हकमा आयोगको सहकार्यमा गठन गर्नु पर्ने प्रावधान रहेको जिल्ला बार ईकाई डडेल्धुराका अध्यक्ष जाग्रीले बताए । कोबिड–१९ को परिवेसमा मानव अधिकारको समग्र अवस्थाको अनुगमन गरि मानव अधिकार उच्च स्तरीय संयन्त्रलाई जिल्लाहरुले राय सुझाव सहित प्रतिबेदन बुझाउनु पर्र्ने कार्यबिधिमा उल्लेख रहेको उनले बताए ।

bb

Leave A Reply

Your email address will not be published.