युवाप्रति सरकार उदाशिन : मदन धामी कुशल

पदम जोरा डडेल्धुरा

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य तथा युवानेता मदन धामी कुशलले युवा प्रति सरकार उदासिन रहेको बताउनु भएको छ । गाउँघरन्यूज संग कुरा गर्दै संघिय लोकतान्त्रीक, गणतन्त्रात्मक र ब्यवस्था देशमा लागु भए पनि युवा प्रति सरकारको चिन्ता न रहेको दुखेसो पोखेका छन । देशका लाखौ युवा जनशक्ति भारत लगायत बाहियमुलुकमा सदियौ देखी कठोर परिश्रम गरीरहेको अनुभव सुनाउदै धामीले ति युवाका माग प्रति नेपाल सरकारको दृष्टि न पगेको औल्याएका छन । जव—जव देशमा परिर्वतन हुन्छ तव–तव हरेक राजनैतिक पार्टी ,दल, नेताहरुले युवा शक्तिलाई कोरा भाषण, ठूला–ठूला अश्वासन दिईन्छ पिडा भने कहिल्यै सम्बोधन गर्न सरकारको सकृयता देखीएको छैन ।

पछिल्लो समयमा विश्वमा फैलिएको कोविड १९ कोरोना भाईरसले बिश्व नै त्रसीत रहेको अवस्थामा भारत संगै अन्य राष्ट्रहरुमा नेपाली युवाहरु अलपत्र रहेका छन । सिमानाका बन्द गर्नु । देशब्यापी लकडाउन गर्नु । स्वाभाविक र स्वागतयोग्य छ । कोरोना सन्त्रासलाई रोकथामको पहल चाल्नु पनि सराहनीय कार्य हो । तर आफ्ना नागरिक नेपाल ल्याउन न सक्नु केन्द्र ,प्रदेश र स्थानीय सरकारको आफ्ना जनता प्रतिको उदासिनता रहेको उनले दुखेसो पोखेका छन । आफुपनि र्बषै भारतमा प्रवासमा बसेकाले नेपालीलाई भारतामा हुने पिडा, दिईने दुःख नजिक वाट नियालेकोमा नेपाल सरकार यो बिषम परिस्थीमा ति अलपत्र युवाहरुको उद्वार गरी नेपाल ल्याई होम क्वारेन्टाईन वा क्वारेन्टाईनमा राख्ने ब्यवस्था सरकारले गर्नु पर्छ । ति बैदेशीक रोजगारीमा देश बाहिर रहेका नागरीकहरुको स्वास्थ्य सुरक्षा गर्नु पर्छ ? उनीहरुको स्वदेशमै विभिन्न कलकारखाना, उद्योगधन्दा संचालन गरी दक्षता, सिप, कला योग्यता, क्षमताका आधारमा रोजगारीको अवसर सृजना गर्नु युवाहरुको आजको टड्कारो आवश्यकता रहेको धामीले औल्याएका छन ।
आफु डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका बिभिन्न वडा, टोल ,बस्ती र समुदायमा कोरोना रोकथाम सम्बन्धी चेतना र सावुन वितरणमा जुट्दै जादा युवाहरुको साझा मागहरु स्वदेशमै रोजगारी रहेको उनले जानकारी दिए । अन्य राष्ट्रहरुले आफ्ना नागरिकहरुलाई विमान र्चाटर गरी देश र्फिता गर्ने नेपाल सरकारले उदाशिन बन्नु युवामाथिको ठूलो पिडा रहेको युवाहरुको साझा गुनासो रहेको छ ।
यो वेला , कुर्सी, राजनैतिक प्रतिष्पर्दा भन्दा पनि राजनीतीवाटमाथि उठेर जती सक्दो जनताको स्वास्थ्यको जिम्मेवारी राष्ट्रले लिनु पर्दछ । अलपत्र नेपालीको उद्वार गर्नु पर्दछ उनले थपेका छन । धामी आफु अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य र नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता समेत हुन । भारतको युवाको सवालमा लामो समयदेखी आवाज उठाई रहेका छन ।

bb

Leave A Reply

Your email address will not be published.