पदम जोरा, डडेल्धुरा
बैशाख ५ शुक्रबार,२०७७
ग्रामिण महिला बिकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनीकरणका लागी डडेल्धुरा अस्पताल लाई आवश्यक २८ थान सेनिटाईजर ५० थान पिपिइ सेट साम्रागीहरु हस्तान्तरण गरेको छ । अस्पतालको माग अनुसार नै स्वास्थ्य कर्मिलाई आवस्यक पर्ने सामाग्रीहरु रुडुकका संस्थापक तथा सविधानसभा सदस्य एबम् बरिष्ठ समाजसेबी डा.आरजु राणा देउबाको पहलमा चौधरी फाउन्डेसन र रुडुकको सहयोगमा हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन । ग्रामिण महिला बिकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा द्वारा उक्त सामग्री वितरण गरीएको हो ।
कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछी देशभर पिपिई माग अनुसार पाउन नसक्दा सुदुरपश्चिमका अधिकान्स स्वास्थ्य संस्थाहरुमा प्लास्टीक सिलाएर पिपिईको रुपमा प्रयोग गर्ने गरेको स्वास्थ्य संस्थाहरुले बताउंदै आएका छन । नेपाली बजारमा सेनिटाईजरको समेत अभाब नै देखिन्छ । तसर्थ सविधानसभा सदस्य एबम् बरिष्ठ समाजसेबी डा.आरजु राणा देउवाले सदुरपश्चिम प्रदेशको चिन्ता लिई पहल गरी उक्त सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिनु भएको छ । सुक्रवार अस्पतालमै संस्थाका अध्यक्ष मान कुमारी थापा र कार्यकारी निर्देशक सरस्वती खड्काले सामग्री हस्तान्तण गर्नु भएको हो खड्काले भनीन जिल्लाको अत्यधिक जनसंख्या भएको परशुराम नगरपालिका स्थित जोगबुढा अस्पतालमा समेत स्वास्थ्य सामग्री वितरण गरीने भएको छ । जोगबुढा अस्पतालमा भने शनीबार बितरण गरिने जनाएको छ
