पदम जोरा ,डडेल्धुरा
लकडाउनको समय लम्बीदा श्रमिक, दैनिक ज्यालादारी गर्ने मजदुर पिडामा रहेको ट्रेड युनीयन कांग्रेस डडेल्धुराका अध्यक्ष टेक राज पाण्डेयले बताउनु भएको छ । विस्वमा फैलिएको कोविड १९ कोरोना भाईरसको संक्रमण र सन्त्रास नेपालमा भित्रीए पछि साताब्यापी र पाक्षिक हुदै १ महिना सम्म लकडाउन बढेपछि जनतालाई सास्ती भएको पाण्डेयले बताउनु भयो ।
(गाउँघरन्यूज) मार्फत जानकारी दिदै अध्यक्ष पाण्डेयले कोरोना संक्रमण तथा रोकथामको औषधी पत्ता नलागेको अवस्थामा रोकथामको उपाय लकडाउन , सरसफाई, सामाजिक दुरी कायम गर्नु रहेको चिकित्सक परामर्ष र स्वास्थ्य संगठनको निर्देसन भएकाले सरकारको देशव्यापी लकडाउन निर्णय स्वागत योग्य भएको बताउनु भएको छ । लकडाउनका कारण दैनिक ज्यालमजदुरी गरीखाने श्रमिकवर्गहरुलाई सारै पिडा रहेकाले राहत प्याकेको सार्थकता न भएको श्रमिकहरुलाई लकडाउनको समयमा केही न केही दक्षताका आधरामा श्रमको ब्यबस्थापन गर्नु पर्ने बताउनु भएको छ । अहिले लकडाउनका कारण देशै भरका ८५ प्रतिशत श्रमिक र तथा मजदुरहरु पिडामा रहेको पाण्डेय जानकारी दिनु भएको छ । बाहिय मुलकवाट आएका मजदुरहरु समेत रोजगारी छोडेर आफ्नो जन्मथलो भित्रीएकाले अवस्थामा झन श्रमिक र न्यून आय भएका जनता तथा मजदुरहरुलाई दैनिक छाक टार्न समेत धौ धौको अवस्था रहेको उनले तितो सत्य सुनाएका छन । सरकारले कोरोना संक्रमण सन्त्रासको बिसम पस्थिीतीलाई मध्नजर गरी २०७६ चैत्र ११ गते देखी १ साताका लागि देश ब्यापी लक डाउनको निर्णय गरेको थियो । नेपालमा छिटपुट रुपमा कोरोना भाईरस संक्रमितको पुष्टी भएपछि दोस्रो पटक २०७७ बैसाख ३ गते सम्मका लागि थपेको हो । संक्रमितको संख्या थप बढे पछि सरकारले २०७७ बैसाख १५ गते सम्मका लागि लब्याएको छ । लक डाउनको सबै भन्दा ठूलोमार श्रमिकमा रहेको छ । लकडाउन वढाए संगै सरकारले राहतको प्याकेज ल्याएको छ तर सार्थक न भएको जन गुनासो समेत बढि रहेको छ । वास्तबीक मजदुरका लागि न प्याकेज र्पयाप्त न भएको जनगुनासो समेत बढिारहेको छ । १० किलो चामल, १ किलो दाल, १ पोका नुन र १ पोका तेल दैनिक ज्यालादारी मजदुरी गरी खानेहरुका लागि सार्थक न भएको गुनासो श्रमिकहरुले गरेका छन । एकातिर रोजगारी छैन , अर्कोतिर घर भित्री बस्नु पर्ने पिडा श्रमिकहरुको रहेको छ । बिहान बेलुका छाक टार्न समेत समस्या रहेको श्रमिकहरुको गुनासो रहेको पाण्डेयले बताए । सरकारले यो बिसम परिस्थीतीमा सामानय राहत प्याकेज भन्दा , लकडाउनकै समयमा थोरै भए पनि काम गरी खाने वातावरण कार्यक्रम ल्याउन शुदुरपश्चिम सरकार र स्थानीय सरकारहरुले पहल चाल्नु पर्ने पाण्डेयले बताउनु भएको छ । यस बिषयमा गम्भीर न भए ठुलो संकट आउने उनले बताए । र्निमाणकार्य ठप्पछन ? सवारी साधन ठप्प छन ? कल कारखाना बन्द छन ? दैनिक ज्यालादारी गरी खाने बर्गहरुको पिडामा माथी सकारको ध्यान जानु जरुरी रहेको उनले बताएका छन ।
