प्रकाश भाट, डडेलधुरा :
कोरना भाईरसको संत्रासका कारण डडेलधुरामा किसानहरुले खेतवारीमा पड्म (खेतीपातीमा अैचोपैचो) अर्थात आलो पालो सामुहिक रुपमा काम गर्न छोडेका छन् । विगतका वर्षमा किसानहरु पर्ममा गहु काट्ने गरेको भएपनि यो वर्ष भने एक्ला एक्लै गहु काटिरहेका छन् ।
कोरानको त्रासका कारण पर्ममा गएर गहु काट्न नसक्दा एउटै घरका मानिस मात्रै गहु काट्न वाध्य भएका छन् । जस्का कारण गहु भित्र्याउनमा किसानहरुलाई सास्ती भईरहेकोे छ । घरका मानिस पनि सामाजिक दुरी कायम राखेर गहु काटिरहेका छन् । कोराना भाईरसको संक्रमणको डर भएकै कारण आफ्नै घरका मानिसमा पनि सामाजिक दुरी राखेर गहु काटिरेहको भागेश्वर गाउँपालिका राजवहादुर भटट्ले वताए ।‘कोरना भाईरसको संक्रमणकै कारण गाउँमा गहु काट्न देखी अन्य कामका लागि पर्म जानै छोडेका छौं’,। उनले भने । ‘पर्म नहुँदा घरका एक्ला एक्लै काम गर्दा गहु भित्र्यानका लागि समस्या भईरहेको छ । ’
जिल्लाको उच्च लेकाली भेग वाहेकका स्थानमा गहु वाली पाकेको भएपनि कोरना भाईरसका कारण गाउँमा किसानहरु एक अर्कोमा पर्म गरेर गहु काट्न डराईरहेका छन् । एक्ला एक्लै वा एउटै घरका मानिस मात्रै गहु काटिरहेका देख्न सकिन्छ । छिटो भन्दा छिटो गहु काट्नु पर्दा सम्म पनि कोराना भाईरसका कारण गाउँमा पर्म देखी मजदुरी गर्ने मानिस पाउँनै समस्या भईरहेको छ ।
कोरना भाईरसको संक्रमण हुने त्रास भएको भएपनि गहु नकाटे रोगले भन्दा पनि भोकले मरीने भन्दै खेतवारीमा गहु काटीरहेको किसानहरु वताउँछन् । गत वर्ष भन्दा यो वर्ष करिव १५ प्रतिशत जति गहु उत्पादनमा कमि आएको किसानले वताएका छन् ।
गहुमा दाना लाग्ने वेलामा निरन्तर रुपमा परेको पानीका साथै सिन्दुरे रोगका कारण यो वर्ष गहु उत्पादन कम भएको किसानले वताएका छन् । डडेल्धुरामा ८ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा गहु खेती हुने गरेको छ ।
