‘महामारीसँग जुध्न कुनै कसर बाँकी छैन’ -नगर प्रमुख साउँद

करीव ८०० परिवारलाई राहत वितरण गरिसकिएको छ ।

नोबेल कोरोना भाईरस (कोभिड १९) का कारणले अहिले देशपुरै लकडाउनमा छ । लगडाउनको पालन लगाउन गाउँमा स्थानीय तहको ठुलो भुमिका छ । धेरै स्थानीय तहहरुले कोभिड १९बाट बच्न वडा वडा प्रबेश निषेध समेत गरेको छन । डडेल्धुरामा मात्रै करिब २ हजार ३ सय जना भारतबाट लकडाउन भएपनि पुगेको तथ्याङ्क छ । यो अवस्थामा हामीले स्थानीय तहले कसरी काम गदैं छन् रु के अवस्था छ भन्ने बिषयमा परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदसँग गरिएको कुराकानीको सम्पादित अंश

 सरकारले लकडाउन घोषणा गरेपछि त्यस क्षेत्रमा कस्तो प्रभाव परेको छ ? पालन कसरी भईरहेको छ ?

परशुराम नगरपालिका भारतसंग सिमाना जोडिएको नगरपालिका हो । यस नगरपालिकाका नागरिकहरु रोजगारीको सिलसिलामा भारत जाने गरेका छन् । विश्वभरी नै कोरोना महामारीको त्रास र हाल भारतमा समेत संक्रमणका कारण तिनीहरु आफ्नो गाउँ फर्किरहेका छन् । लकडाउन घोषणा हुनुभन्दा अगाडी नै हामीले भारत संगका दुईवटा नाका परशुराम नपा ५ परिगाउँ र पनपा ६ सिसमजालालाई बन्द गरिसकेका थियौं । डडेल्धुरा जिल्लाका अन्य स्थानीय तहहरु भन्दा वढी जोखिम भएको नगरपालिका भएकाले हामी निकै सहजगताका साथ रोकथाम र नियन्त्रणमा लागिरहेका छौं । लकडाउनको पूर्ण पालना गरिएको छ । खुला नाका भएका कारण महाकाली नदीको जहासुकैबाट पनी तर्न सक्ने अवस्था भाएकाले अवैध नाकाबाट आउनेहरुको संख्याले जोखिम बढाएको छ । यस्तै यो नगरपालिका बझाङ, वाजुरा, वैतडी, डोटीबाट कंचनपुर जानका लागि बाटो पर्ने भएकाले सयांै मानीस ओहोर दोहोर गरिरहेको अवस्थामा लकडाउन कार्यान्वयनमा केही कठीनाई छ । लकडाउनको घोषणा पश्चात हामीले व्यवस्थापन गरेका क्वारेन्टाईनहरुमा भारतबाट आएकाहरुलाई राखी नियमित स्वास्थ्य जाँच गरिरहेका छौ भने अझै पनि भारतबाट मानीसहरु लुकी छिपी आउने क्रम जारी रहेकाले तिनीहरुलाई समेत खोजी गरी क्वारेन्टाईनमा राखी १४ दिनपछि स्वास्थ्य जाँच गरी मात्र पठाउने योजना छ साथै लकडाउनमा अपनाउनु पर्ने सम्पूर्ण सावधानीका उपायहरु अपनाइएको छ ।

 डडेल्धुरामा सबैभन्दा बढी यहाँको नगरपालिकामा भारतबाट मानिसहरुको आएको तथ्यांक यहाँले नै सार्वजिक गर्नु भएको छ, के कति हुन आएको अहिले सम्म ?

हाम्रो जिल्लाका अन्य स्थानीय तहहरु भन्दा परशुराम नगरपालिकाका मानिसहरु रोजगारको सिलसिलामा बढी नै विदेश तथा छिमेकी राष्ट भारत गएका छन् । विश्वभरी कोरोना भाईरस महामारीको रुपमा फैलिरहेको सम्बन्धमा यस परशुराम नगरपालिका, जोगबुडा डडेल्धुराका विभिन्न वडाहरुमा छिमेकी मित्र राष्ट्र भारत बाट ६६२ जना र मलेसिया, दुवई, कतारबाट ५ जना गरी जम्मा ६६७ जना भित्रिएका र मिति २०७६।१२।११ गते भारतबाट कैलाली जिल्लाको गौरीफन्टा, वनवासा नाका हुदै आएका ४५ जना क्वरेन्टाईनमा १ दिन राखी वडा अध्यक्षको रोहवरमा सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा छोडेको र हाल यस परशुराम नगरपालिकाको वडा नं। ५ परिगाउँ र वडा नं। ६ को सिसमजालाबाट अवैध रुपमा ट्युबमा तार उतार भई आउने क्रम जारी भएको र त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका २० जना र शिव शंकर मा।वि। साँदनीमा रहेका ४४ जना रहेका छन् ।

 भारतबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टिन बस्न भनिएको थियो ? त्यस क्षेत्रको अवस्था के हो ?
हामीले मिति २०७६।१२।१० देखी नगरभित्र विदेश तथा मित्र राष्ट भारतबाट आएका सवैलाई क्वारेन्टाईनमा राखी स्वास्थ्य जाँच गरेर मात्र घर पठाउने गरेका छौं । स्वास्थ्य उपचार जाँच गरी मात्र घर गएकाहरुलाई समेत घरमा सेल्फ क्वारेन्टाईनमा बस्न र अन्य सावधानीका सम्पूर्ण उपायहरु अपनाउन लगाएका छौं । परशुराम नगरपालिकाको विशेष पहलमा त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका २० जना र शिव शंकर मा।वि। साँदनीमा रहेका ४४ जना र छिमेकी गाउँपालिका आलितालमा छिमेकी राष्ट्र भारत र अन्य मुलुकबाट आएका १५ जना गरी जम्मा ११८ जनाको राष्ट्रिय परिक्षण प्रयोगशाला टेकुको परिक्षण टोलीले मिति २०७६।१२।२७ मा Swab Test का लागि Swab संकलन गरी परीक्षणका लागि लगेको छ । नतिजा आउन बाँकी रहेकोमा वाँकी छिमेकी राष्ट्र भारत तथा अन्य मुलुकबाट आइ होम क्वारेन्टाइनमा बसेकाहरुको द्रुत परीक्षणका लागि आवश्यक व्यवस्थापन गर्न पहल गरिएको छ ।

 यहाँले लकडाउनको समयमा नियमित अनुगमन समेत गर्नु भएको छ । अब बताई दिनुहोस, की परशुराम नगरपालिकाको अवस्था के हो ?

हामीले नगरपालिकाका विभिन्न स्थानहरुको अनुगमन गर्दा यस नगरपालिकामा कोभिड १९ सम्बन्धी सूचनामूलक जानकारी, यसबाट बच्ने उपायहरुको जानकारी दिएका छौं । नगरपालिकामा भारतबाट भित्रिएका मानीसहरु र तीनका परिवारलाई सावधानीका उपायहरुको वारेमा सचेतना गराएका छौ । यो नगरपालिका अती नै जोखिममा रहेकोले छ । आ आफ्नो घरभित्रै रहेर आफू पनि बच्न र अरुलाई पनि बचाउन अती नै आवस्यक छ । नगरपालिकाले लक डाउनको पालना र क्वारेन्टाईन व्यवस्थापनका लागि नगरस्तरीय समन्वय समिति गठन गरी सो समिति मार्फत अनुगमनलाई प्रभावकारी बनाई सो कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्टसेवक कर्मचारीको मनोबल वढाउन तथा आमनागरिकलाई धैर्य र संयमित पार्न हरेक वस्तीमा पुगेका छौं संगै मास्क वितरण र विभिन्न चेतनामूलक कार्यहरु पनि गरिएका छन् ।

 पछिल्लो समय आएका ब्यक्तिहरु कहाँ कहाँ क्वारेन्टिनमा बसी रहेका छन् । अनी तिनीहरुको ब्यवस्थापन कसरी भईरहेको छ ?
हाल त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा र शिवशंकर मा वि साँदनीमा क्वारेन्टाईनको व्यवस्था गरिएको छ । त्यहाँ क्रमशः २० र ४४ जना रहेका छन् । स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र कर्मचारीहरुको सहयोगले क्वारेन्टाईनको राम्रो व्यवस्थापन गरिएको छ । आवस्यकता अनुसार मानीसहरु थपिदै गए भने त्यसका लागि हामीले परशुराम प्रा. वि. परिगाउँ, कालीका प्रा. वि. कटाल, सीताराम मा. वि. कुर्मुल्लेको प्रा. वि. शाखा लगायतका अन्य स्थानहरुमा थप क्वारेन्टाईनका लागि तयारी गरेका छौं ।

 नगरपालिका क्षेत्रमा धेरै मानिसहरु बिपन्न गरिब, दैनिक ज्यालादारी गरेर खाने गर्दा होला, अहिले तिनीहरुलाई समस्या परेको परिरहेको छ होला ? कसरी ब्यवस्था गदैं हुनुहुन्छ ।

असंगठीत क्षेत्रमा कार्यरत कामदारहरु र अति विपन्न परिवारलाइ राहत वितरण सम्बन्धी मापदण्ड २०७६ नगरकार्यपालिकाले पारित गरिसकेको छ । सोही कार्यविधि बमोजिम समस्यामा परेकालाई करीव ८०० परिवारलाई राहत वितरण गरिसकिएको छ । जसमा नगरपालिकाको आफ्नो श्रोत र विभिन्न संघ संस्थाहरु रुडुक, आईडिएस, एमपिडिएस लगायतका संस्था र व्यक्तिगत रुपमा आएको सहयोग नगरपालिकाको मापदण्ड अनुसार सम्बन्धीत व्यक्तीहरुलाई वितरण गरिएको छ ।

 लकडाउन कार्यान्वयन र क्वारेन्टाईन व्यवस्थापनका कठीनाईहरु के रहे ?
लकडाउन पालना र क््वारेन्टाईन व्यवस्थापन निकै चुनौतीपूर्ण पनि रह्यो । खुला सीमानाका कारण भारतबाट आउनेको संख्या नीकै वढ्यो । तराई पहाडको आवत जावतको वाटो भएकाले आवत जावत गर्नेको संख्या पनि निकै रह्यो । यी तमाम चुनौतिका वावजुद लकडाउनको पूर्णपालना गरिएको छ । त्यस क्रममा भारतबाट आएका दैलेख जिल्लाका ७ जना, शुक्लाफाटा नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका ३ जनालाई उद्दार गरी सम्बन्धीत ठाउमा पुर्याएका छौ साथै परशुराम नगरपालकिाका अन्य जिल्लामा रहेका नागरिकलाई नगरपालिका भित्र्याएका छौ । भारतको सिमाना गौरीफण्टा हुँदै आएका ४५ जनालाई व्यवस्थापनका लागि निकै कठनिाई भयो । क्वारेन्टाईनमा व्यवस्थापन गर्न गाह्रो भएपछि घरपरिवारको रहोवरमा सेल्फ क्वारेन्टाईनमा बस्ने गरी पठाईएका छन् । लकडाउन कार्यान्वयन र क्वारेन्टाईन व्यवस्थापनमा सुरक्षाकर्मी स्वास्थ्यकर्मी रेडकर्मी संचारकर्मी कर्मचारीहरु जनप्रतिनिधी अहोरात्र खटिएर लाग्नु भएको छ । जसले व्यवस्थापन सहज बनेको छ ।

 नगरपालिकाले आवस्यक व्यवस्थापन के कसरी गरिएको छ
परशुराम नगरपालिकाले नगरस्तरीय समन्वय समिति र हरेक वडामा वडास्तरीय समितिहरु गठन भएका छन् । नगरपालिकाले द्रुत कार्यसम्पादनका लागि द्रुत उद्यार टोली गठन गरेको छ । छुट्टै कोषको व्यवस्था गरेको छ । सर्वदलिय सर्वपक्षीय वैठक गरी नगरवासीलाई सजग सतर्क रहन आह्वान गरिएको थियो । नगरपालकिाले प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय र विभिन्न संघ संस्थासित समन्वय गरिरहेकोछ । राहत कोषमा सहयोगका लागि आह्वान पनि गरिएको छ । जोगबुडा अस्पताल नगरस्वास्थ्य क्लिनिक र स्वास्थ्य चौकीहरु उपलब्ध श्रोत साधन र जनशक्ती अनुसार तयारी अवस्थामा राखिएको छ । नगरपालिकाले नेपाली सेना रणदल गुल्म जोगबुडाको समन्वयमा निर्माण गरेको नाईटल्याण्ड हेलिप्याड यतीबेला प्रयोगमा ल्याएकोछ । सशस्त्र प्रहरी बलले सिमानाकामा निगरानी र शान्ती सुरक्षा अमनचयनका लागि सादनी परिगाउ असुरानीमा नगरपालिकाको सहयोगमा सुरक्षा पोस्ट निर्माण भई आवस्यक कार्य थालिएको छ ।

 नगरबासीलाई यहाँको केही सन्देश छ की ?
कोरोना भाईरसले हाल विश्व नै आक्रान्त बनेको छ । यसबाट बच्न पूर्ण रुपमा लकडाउनको पालन गरी गराई आफू पनि बच्यौ र अरुलाई पनि बचाउ साथै महामारीले कसैलाई पनि चिन्दैन जोसुकैलाई आईलाग्न सक्ने भएकाले आफ्नो वानी व्यहोरामा आमूल परिवर्तन गरौं नियमित रुपले सावुन पानीले हात धुने गरौं हात मिलाउने हैन नमस्कारको संस्कृती विकास गरौं । भारत तथा अन्य मुलुकबाट व्यक्तीहरु संग कम्तीमा दुई हप्ता नगरपालिकाले निर्धारण गरेको क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा बस्ने ब्यवस्था गरौं । सामूहिक रुपमा हुने कार्यमा निकै सावधानी अपनायौं । घरायसी तथा सामाजिक कामा सामाजिक दुरी कायम राख्न सकिए महामारी संग लड्न सकिने भएकाले जो जहा हुनुहुन्छ सुरक्षित वस्नुहोस आमनागरिकहरुलाई यही अनुरोध गर्न चाहन्छु । नगरपालिकाले प्राप्त श्रोत साधनको उच्चमत उपयोग गर्दै नगरपालिकाको सम्पूर्ण संयन्त्र नगरवासीको साथ रहेकोछ । नगरको हरेक संयन्त्र जतिबेला जे जस्तो अवस्थामा पनि लागि पर्नेछ ।

 अन्तीममा यहाँले केही भनैं पर्ने छ की ?
विषम परिस्थितिलाई हेर्दा संघ सरकारले नै राज्यको नितीमा हरेक प्रदेशमा ५०० शैय्याको मेडीकल कलेज, जिल्ला स्तरीय अस्पतालहरु ५० शैय्याको र स्थानीय तहको नगरपालिकामा २५ शैया र गाउँपालिकामा १५ शैयाका अस्पतालहरु अनिवार्य बनाउनु पर्ने देखिन्छ । त्यस्तै कृषि प्रणालीलाई निर्वाहमुखी नभई व्यावसायीक बनाउनु जरुरी छ र सरकारबाटै उत्पादकत्व बृद्धि गर्नमा लगानी गर्नुपर्ने देखिन्छ र स्थानीय सरकारले वडास्तरमा प्राथमीक स्वास्थ्य केन्द्र र टोलवस्तीमा आधारभुत स्वास्थ्य केन्द्र बनाउनु जरुरीछ । संघ प्रदेश सरकारले परिस्थितिको गम्भीरतालाई हलुका रुपमा लिएको परिस्थितिमा सवै पक्ष संवेदनसील र गम्भीर हुन आग्रह गर्दछु । सीमा नाका र विदेशमा अलपत्र परेका नेपालीहरुलाई अविलम्ब उद्यार गरी क्वारेन्टाईनमा ब्यवस्थापन गर्नु आवस्यक छ ।
अन्त्यमा, जो जहा जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित बस्नुहोला । ज्यान बचे पो सवै थोक हो । संयमित र ब्यक्तिगत ब्यहारले महामारी सित लड्न सकिने भएकाले सावधानी अपनाउन अनुरोध गर्दछु साथै जुनसुकै विषम परिस्थिति आए पनि खाद्यान्न औषधीउपचार लगायत जस्तो सुकै समस्याको सामना गर्न परशुराम नगरपालिका सधै झैं यहाँहरुकै साथमा रहने विश्वास दिलाउन चाहन्छु । हामी साथै नव वर्ष २०७७ को मंगलमय शुभकामना र नया वर्षले विपत्ती संग लड्ने क्षमता प्रदान गरोस हार्दिक मंगलमय कामना छ । आफ्नो विचारलाई संप्रेषण गर्ने मौका दिनुभएकोमा गाउघर मीडिया हाउसलाई धन्यवाद दिन चाहन्छु ।

bb

Leave A Reply

Your email address will not be published.