कांग्रेस परशुराम द्वारा परशुराम नगरपालिकालाई २४सय थान मास्क हस्तान्तरण

रितु भट्ट , जोगबुडा

नेपाली कांग्रेस परशुराम नगर कार्यसमितीले परशुराम नगरपालिकालाई प्रत्येक वडामा बितरण गर्ने गरी प्रति वडा २०० का दरले २४ सय थान मास्क परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद र उप–प्रमुख कलावती देवी बोहरालाई हस्तान्तरण गरेको कांग्रेस परशुरामका नगर सचिव खडक बहादुर साउँदले जानकारी दिुन  भएको छ । उक्त २४ सय थान मास्क कार्यवाहक नगर सभापति शेर बहादुर धामीले हस्तान्तरण गरेको सचिव साउदले जानकारी दिनु भयो ।

उक्त मास्क बिश्वमा फैलिएको कोविड १९ को संक्रमण वाट बच्न वडा–वडाका जनतालाई सहज होस भन्ने उदेश्यका साथ पार्टीको केन्द्रीय सर्कुलर अनुसार वितरण गरीएको र देशै भर टेलीफोन मार्फत सन्देश , सूचना , सजकता र सर्तकता लागि नेपाली कांग्रेस जुटी रहेको र्पुव जिल्ला कार्य समिती उप–सभापति कैलाश कुमार पाण्डेयले जानकारी दीनु भयो ।  राजनैतिक आग्रह र्पुवाग्रह नराखी विपतीका वेला जुट्नु पर्ने भएकाले पार्टीले परशुराम नगरपालिकालाई सघाई रहेको र थोरै राहत स्वरुप २४ सय थान मास्क हस्तान्तरण गरीएको काग्रेस नेताहरुले बताएका छन ।

bb

Leave A Reply

Your email address will not be published.