डडेल्धुरा: डडेल्धुराको रुपाल भागेश्वर नमूना होली समाजले अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकालाई अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरेको छ। भागेश्वर गाउँपालिकालाई १५ हजार बराबरको र अमरगढी नगरपालिकालाई १० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरिएको रुपाल भागेश्वर नमूना होली समाजका अध्यक्ष दिवाकर भट्टले बताए।
स्थानीय तहलाई चामल, तेल, नुन र साबुन लगायतका सामग्री हस्तान्तरण गरिएका उनले बताए। लगडाउन भएपछि ज्यालादारी गरेर खाने तथा विपन्न वर्गलाई जिवन निर्वाह गर्न समस्या भएपछि उनीहरुका लागि खाद्यान्न हस्तारन्तरण गरिएको अध्यक्ष भट्टले बताए।
आएको खाद्यान्न तत्काल अतिगरिब, विपन्न परिवारलाई वितरण गरिने भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताए।
