पदम जोरा ,चैत्र २७ आलिताल,डडेल्धुरा
डडेल्धुराको आलिताल गाउँपालिका वडा न. ७ बान्नीगडाका ६ बर्षिय वालक गणेश ठगुन्नाको घर भित्रै सलको पिङमा अल्झीए मृत्य् भएको छ । घर भित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झीएर वालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुडाका प्रहरी निरिक्षक जनक बहादुर मल्लले जानकारी दिनु भएको छ । मृतक वालकको सब पोष्टर्माटमका लागि जोगबुडा अस्पताल पठाइएको छ । थप रिर्पोट पोष्टर्माटम पछि आउने प्रहरीले जनाएको छ ।
