बहुउद्देश्यीय विकास समाज डडेल्धुरा द्वारा राहत सामग्री हस्तान्तरण

पदम जोरा  चैत्र, २५

बहुउद्देश्यीय विकास समाज एमपिडिएस डडेल्धुरा द्वारा परशुराम नगरपालिकालाई राहत स्वरुप खाद्य सामग्री हस्तान्तरण गरीएको छ । बिस्वमा फैलिएको कोविड १९ कोराना भाईरसको संक्रमण न्यूनीकरणका लागी पुरै देश र शुदुरपश्चिम प्रदेश पनि लकडाउन गरीएको अवस्थामा दैनिक ज्यालादारी , मजदुरी गरी छाँक टार्नेहरुको समस्यालाई मध्यनजर गरी उक्त राहत सामग्री हस्तान्तरण गरीएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निदेशक प्रेम बहादुर महरले जानकारी दिनु भएको छ ।

४५ घरधुरीलाई पुग्ने गरी प्रतिघरधुरी १० किलो चामल, १ किलो दाल १ किलो नुन १ लिटर खाने तेल हस्तान्तरण गरीएको महरले बताए । उक्त सामग्री संस्थाका सामाजिक परिचालक लक्ष्मण मल्लले परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदलाई हस्तान्तरण गर्नु भएको छ । विगत लामो समयदेखी शुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वमा क्रियासिल बहुउद्देश्यीय विकास समाज एमपिडिएस डडेल्धुराले डडेल्धुराको भागेश्वर गाउँपालिकामा मास्क, प्रारम्भीक सरसफाईका सामग्रीहरु , हातधुने सावुन, बाल्टी, र आलिताल गाउँपालिमा ३० घरधुरीलाई पुग्ने गरी प्रति घरधुरी १० किलो चामल, १ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन हस्तान्तरण गरीएको निर्देशक महरले गाउँघर न्यूज लाई जानकारी दिनु भएको छ । भई परि आउने विपद र जोखीममा संस्था सहयोगमा पछाडी नपर्ने निर्देशक महरले जानकारी दिए । उक्त राहत सामग्री बुझ्दै परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले संस्थाले जोखीमर्पुण अवस्थाको आन्तीरीक कोषवाट नगरपालिका र नगरवासीहरुलाई गरेको सहयोगका प्रति धन्यावाद दिनु भएको छ । उक्त राहत सामग्रीहरु परशुराम नगरपालिकाका बिभिन्न वडाका लक्षित बर्ग ,समुदायमा वितरण गरीने नगरपालिकाले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.