शुदुरपश्चिका जनताको साथमा छौ : शेर वहादुर देउवा र डा.आरजु राणा देउवा

पदम जोरा ,डडेल्धुरा

नेपाली काँग्रेसका सभापति, पूर्वप्रधामन्त्री तथा डडेल्धुराबाट संघीय सांसद शेरबहादुर देउवाले विपत्ति र महामारीको यो घडीमा आफू सुदूरपश्चिका जनतासँगै रहेको बताएका छन । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदसँग टेलिफोनमा सुदूरपश्चिमको अवस्थाबारे जानकारी लिँदै उनले आफू र सिंगो पार्टी यो विपदको घडीमा सुदूरपश्चिमका जनतासँग रहेको बताएका हुन । मेयर साउँदले गाउँघर न्यूज संग भने, ‘सभापति देउवाले टेलिफोनमा यस क्षेत्रको अवस्थाबारे जानकारी लिनु भयो, उहाँले भौतिक रुपमा नभए पनि भावनात्मक रुपमा आफू सुदूरपश्चिमकै जनतासँग रहेको बताउनु भयो ।’सभापति देउवाले भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि चिन्ता व्यक्त गरेका छन । उहाँले सीमा क्षेत्रबाट अवैध रुपमा प्रवेश गर्ने नागरिकका बारेमा चासो राख्नुभयो, सीमा पारि रोकिएका जनताको विषयमा चिन्ता जनताउनुभयो र क्वारेन्टाइनको अवस्थाका बारेमा समेत सोधपुछ गर्नुभयो छ ।’
देउवाले आम शदुरपश्चिमवासी जनतालाई लकडाउनको पालना गरेर आफू र आफ्नो परिवार, समाजलाई सुरक्षित रहनका लागि सन्देश प्रवाह गरिदिन अपिल समेत जारी गरका छन ।
सभापति संगै देउवा पत्नी वरिष्ठ समाजसेवी एबम् संविधान सभा सदस्य डा. आरजु राणा देउवाले पनि मेयर भिम बहादुर साउँदलाई टेलिफोन गरी शुदुरपश्चिम प्रदेशको भयवह अवस्था र डडेल्धुरा वासीहरुको सन्त्रासको चिन्ता ब्यक्त गर्दै जोखीको अवस्था वारे जानकारी लिएको छ । ‘उहाँले टेलिफोनमा यस क्षेत्रको समग्र बस्तुस्थितिका बारेमा बुझ्नु भयो, विपद, समस्या र घरेलु हिंसा हुनसक्ने बारे पनि ध्यान दिन मेयर साउद र संचारकर्मीहरुलाई आग्रह गर्नुभएको । मेयर साउँदले गाउँघर न्यूजलाई जानकारी दिनु भएको छ । गत शनिबार सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि यहाँ संक्रमितको संख्या ४ पुगेको छ । देशभरमै सुदूरपश्चिम प्रदेश सबैभन्दा जोखिममा रहेकाले सर्तकता अपनाउन समेत मेयर साउदलाई आग्रह गर्नु भएको छ । सिंगो प्रदेशमा चारवटा भन्दा बढी भेन्टिलेटर सेवा नभएको अवस्था, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको समस्याका बीच सुदूरपश्चिमले कोरोनाका महामारी खेप्न निकै चुनौतिपूर्ण भएको अवस्थामा काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र काँग्रेस नेतृ तथा समाजसेवी डा. आरजु राणा देउवाले चासो लिएका हुन ।

bb

Leave A Reply

Your email address will not be published.