सुदूरपश्चिम पहाडमा अतिआवश्यक औषधी अभाव

गाउँघर खबर, डडेल्धुरा
कोरोना भाईरसको संक्रमणको जोखिम बढी देखिएको सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यआवश्यक औषधि अभाव हुनथालेको छ । पहाडी जिल्लामा वषौं दीर्घ रोगको औषधि सेवन गरिरहेका बिरामीलाई बजारमा औषधि अभाव भएको हो । सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ्गमा दीर्र्घरोगीको औषधि अभाव भएको हो ।
डडेल्धुरामा पछिल्लो एक सातायता दीर्घरोगका बिरामीका लागि अतिआवश्यक औषधि अभाव हुन थालेको छ । औषधि अभावसँगै दीर्घ रोगका बिरामी समस्यामा पर्नथालेका छन् । सुगर, प्रेसर, क्षयरोग, दम, श्वासप्रस्वास सम्बन्धीका रोगका बिरामी समस्या परेका छन् । डडेल्धुरामा मात्रै होइन, सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङ्गमा पनि औषधिको अभाव हुनथालेको स्थानीय केशवदत्त बडुले बताउनु भयो ।
पहाडी जिल्लामा औषधि अभाव हुदा पनि सम्बन्धित नियकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । सुदूरका दुगर्म बस्तीमा यस्ता औषधी झन अभाव भईरहेको छ ।

औषधि पसल नियमित खोल्नु पर्ने भएपनि पहाडी जिल्लामा औषधि पसल सन्चालकले आफुखुसी मात्रै पसल खोल्ने गरेको दीर्घरोगका बिरामीलाई थप समस्या हुनथालेको छ । खुलेका केही पसलमा पनि औषधि नभएर त्यतिकै बस्नु परेको दार्चुलामा औषधी पसल संचालक डम्बर सिंंह धामीले बताउनु भयो ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुगर, प्रेसर, क्षयरोग, दम, श्वासप्रस्वास रोगको संक्रमण भएको ठूलो संख्या छ ।
दीर्घ रोगका बिरामीका लागि औषधिको समस्या समाधान गर्न पहल भइरहेको र नियमित अनुगमनको काम भइरहेको स्वास्थ्य कार्या स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताउनु भयो । औषधी अभाव भएका ब्यक्तिहरुलाई समयमै औषधी सहज रुपमा पाउने पहल हुने होईन भने अर्को बिकराल समस्या निम्तीन सक्छ ।

bb

Leave A Reply

Your email address will not be published.