पदम जोरा जोगबुडा
नेपाल बिदार्थी संघका नेता भरत बडायर जोशीले परशुराम नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गर्नु भएको छ । परशाराम १२ को आम्पानीको राउटे लोपोन्मुख राउटे समुदायमा सावुन वितरण हातधुने तरीकाको वारेमा चेतना दिनमा जुटेका जोशीले १२ घरघधुरीलाई पुग्ने गरी ६० किलो आटा, १२ किलो नुन, १२ लिटर तेल ३६ थान हातधुने सावुन नगरपालिकालाई हस्तान्तण गरेको छ । बिश्व ब्यापी रुपमा फैलिएको कोबिड १९ कोरोना भाईरस संक्रमण र सन्त्रासका कारण देश नै लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी , मजदुरीगरी खानेहरुलाई साझ विहान छाक टार्न सजिलो होस भन्ने उदेश्यका साथ आफ्नो ब्यक्तिगत सहयोगमा खाद्य सामग्री हस्तान्तण गरेको उनले जानकारी दिनु भएको छ । जोशीले १२ घर धुरीलाई पुग्ने उक्त राहत स्वरुप खाद्य सामग्री परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद मार्फत नगरपालिकालाई हस्तान्तरण गरेका छन । उक्त सामग्री बुझ्दै नगर–प्रमुख भिम बहादुर साउँदले ब्यक्तिगत, संस्थागत जो जस्ले पनि नगरपालिका वाट लीषत, बर्ग, क्षेत्र, समुदाय र ब्यक्तिमाझ पुगाउन सजिलो होस भन्ने उद्देश्यका साथ एकद्वार प्रणालीमा मात्र वितरण गर्ने र गराउने जानकारी दिनु भएको छ । यस र्पुव रुडुक , आईडिईयसले नगरपालिकालाई प्रारम्भीक सामग्री उपलब्ध गराई सकेको छ ।
