डडेल्धुरामा कडा निषेधाज्ञ जारी

पत्रकारले अनिवार्य रुपमा पास लिनु पर्ने

गाउँघर खबर, डडेल्धुरा

डडेल्धुरामा जिल्ला प्रशासन कार्यालय चैत्र २५ गते सम्मका कडा निषेधाज्ञ जारी गरेको छ । स्थानीय प्रशासन २०२८को दफा ३ बमोजिम जिल्ला भरी पास बाहेकका कुनै पनि सवारी साधान नचल्ने पाउने गरी निषेधाज्ञ जारी गरिएको छ ।

औषधी उपचार, खाद्यबस्तु र पेट्रोलियम पदार्थ खरिद तथा अति आवश्यक काम बाहेक कुनै पनि नागरिकलाई घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय निषेधाज्ञ जारी गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनु भयो ।

बजार क्षेत्रमा अनुमति बाहेक मोटरसाईक समेत चल्न निषेध गरिएको छ । निषेधाज्ञ जारी गरिएको समयमा कुनै पनि ब्यक्ति त्यो उलघंन गरे कानुन बमोजिम कारवाही हुने प्रजिअ पन्तले बताउनु भयो ।

bb

Leave A Reply

Your email address will not be published.