ललिता साउँद
विस्वमा फैलिएको कोभिड १९ कोरोना भाईरस संक्रमण र सन्त्रास न्यूनीकरणमा शिक्षकहरुको सकृयता बढेको छ । डडेल्धुराको आलिताल गाउँपालिका ,भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकाका शिक्षकहरुले समुदायको चेतनाका निमित्त सकृयता बढाई समुदायमा चेतना अभिबृद्विमा अतुलनीय सहयोग गरेको प्रति परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले शिक्षक गुरुहरुको मनोवल बढाई धन्यावाद दिनु भएको छ । कोरोना संक्रमण र सन्त्रासको सबै तह तप्काको साथको खाँचो रहेकाले जनतालाई अभिवाबकत्व निभाउनु हुने सवै राजैतिकककर्मी, जनप्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारर्कमी, रेडक्रष कर्मीहरुलाई समेत प्रमुख साउदले धन्यावाद दिनु भएको हो ।
जोखीम उठाई सयमता अपनाई केन्द्र, प्रदेश र स्थानीय सरकारको निती नियम पालना गर्न÷गराउनमा सहयोगका लागि आग्रह समेत गरेका छन । डडेल्धुराको आलिताल गाउँपालिका भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकामा यो कार्यमा सबैको साथ सहयोग रहेको रहने अपेक्षा गर्दछु प्रमुख साउदले भने । चेतनामुलक कार्यक्रम अन्तरगत समुदायमा गई पटक–पटक सावुन पानीले हात धुने गरौ । भ्रम र हल्लाको भरमा नपरौ । कोरोना संक्रमणवाट आफु बचौ र परिवारलाई बचाँउ भन्दै चेतनामुलक अभियानमा जुटेको गौरीसंकर माद्यमिक विद्यालय अलिताल ७ मेल्गाजाका प्रधानाध्यापक राजेन्द्र बहादुर साउँदले बताए । समुदायका लागि आफुहरुको पेषा संगै सामाजिक उत्तरदायित्व पनि उतीनै रहने भएकाले कोविड १९ कोरोनाको औषधी पत्ता न लागेको अवस्थामा बिस्व स्वास्थ्य संगठन , डाक्टरहरुको परामर्ष अनुसार सरसफाई नै कोरोना संक्रमण वाट बच्न सकिने एक मात्र उपाय भएकाले आलिताल गाउँपालिकाको वडा.न. ७ मेल्गाजा, चाईटोलमा संगै अन्य कयौन बस्तीमा आफ्नो ब्यक्तिगत सहयोगमा सावुन वितरण गरी हात धुने तरीका वारेमा चेतना दिएको साउँदे जानकारी दिए । साताब्यापी अभियानमा आफु जुटेको सरकारलाई सघाई रहेको शिक्षक साउँदको भनाई रहेको छ । राखेको समाजको ऐनाको संग्या पाएका हामी शिक्षकहरुले समुदायको उत्तरदायित्व निर्वाह गर्नु जरुरी ठानी हरेक बस्तीमा गई चेतना दिईरहेकोे भागेश्वर मा.बि.परशुराम १ सलौनका शिक्षक करबीर सिंह बोहराले बताउनु भएको छ । सरकार गरेको देशब्यपापी लकडाउन पालना गर्न÷गराउनका साथै बाहियमुलुकवाट आउने नेपाली नागरीकहरुलाई एकलवासमा बस्न सम्झाई बुझाई स्वास्थ्य परिक्षण गराउन लागेको बोहराले जानकारी दिनु भएको छ ।
