पदम जोरा डडेल्धुरा
नेपाल स्वास्थ्यकर्मी संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रेम बहादुर महरले कोविड १९ कोरोना भाईरस संक्रमणले विश्वनै सन्त्राशमा रहेका वेला स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउनु जरुरी रहेको बताउनु भएको छ । रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्ज र गाउँघरन्यूज मार्फत कुरा राख्दै अध्यक्ष महरले यो विसमा परिस्थीमा स्वास्थ्यकर्मीको अतुलनीय सहयोग रहने भएकाले स्थानीय , प्रदेश र केन्द्र सरकारले स्वास्थ्यकर्मीहरुको मनोवल वढाउने प्याकेज ल्याउनु पर्ने बताउनु भएको हो ।
स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन भत्ता, बिमा, उनीहरुका छोराछोरीको शिक्षा , घरपरीवार सुरक्षा आदी जस्ता प्याकेज ल्याई, डर, भय , र त्रासमा न भई स्वास्थ्य चेकजाँचका लागि उचित वातावरण मिलाउनु पर्नेमा महरले जोड दिनु भएको छ । पर्यप्त अपकरण न भएकोमा सवस्थयकर्मीहरुले जती सक्दो सेवा कञ्जुसाई गर्न न हुने उनले बताए । यति मात्र होईन , सकारले अन्य विकासको बजेट, कटौती गरी ,स्वास्थ्यमा बजेट बिनीयोजन गरी नेपाली जनताको स्वास्थ्य सुरक्षा गर्नु पर्ने औल्याएका छन । जव–जव संकट आउछ स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचारकर्मीहरुले अन्य निकाय भन्दा बढि जोखीम मोल्ने भएकाले उनीहरुको मनोवल बढाएमा संकट न्यूनीकरण गर्न सकिने समेत महरले उदघोश गर्नु भएको छ । अहिले सदुरपश्चिम प्रदेश पनि कोभिड १९–कोरोनाको संक्रमण सन्त्रासवाट टाढा न रहेकोमा अवस्थामा सबै पक्षले गम्भीरताका साथ यो अस्थामा अगाडी बढ्न जरुरी रहेको उनले बताउनु भएको हो । विस्व स्वास्थ्य संगठनका निदृष्ट तरिका अपनाई , मनोचिकित्सक र डाक्टरहरुको परामर्ष अपनाई , सरकारले लगाएको लकडाउन नियमतहः पालन गर्नु यो संक्रमण र सन्त्रासको न्यूकरणको १ मात्र महत्वर्पुण उपाय भएको समेत बताउनु भएको छ ।
